३० जेठ २०८३, शनिबार
राजनीति

सत्ता गठबन्धनको बैठकमा आज पनि जुटेन सहमति, आइतवार फेरि बस्ने

सत्ता गठबन्धनको बैठकमा आज पनि जुटेन सहमति, आइतवार फेरि बस्ने
फाइल तस्वीर

सरकार गठनबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शनिवार अपराह्न बसेको बैठकमा सहमति नजुटेपछि निष्कर्षबिहीन भएको हो । 

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए । त्यस्तै शनिवारकाे बैठकमा दोस्रो तहका पनि केही नेताहरू सहभागी भएका थिए । शनिवारको बैठकमा पनि मुख्यगरी प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी कायम राखेकाले सहमति नभएको बताइएको छ । आजको बैठकमा सहमति नभएकाले भोलि (आइतवार) पुनः छलफल गर्ने गरी आजको बैठक सकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले सरकार भने सत्ता गठबन्धनकै बन्ने दाबी गरे । आइतवारकाे बैठकमा सहमति हुने र सरकार गठबन्धनकै बन्ने उनकाे दाबी छ ।

सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय भोलि (पुस १० गते) अपरान्ह ५ बजे सकिँदैछ । त्यसअघि नै कुनै प्रतिनिधिसभा सदस्यले आफ्नो पक्षमा बहुमत पु¥याएर राष्ट्रपतिसमक्ष दाबी पेश गर्नुपर्ने भएकाले सत्तारुढ दलले छलफललाई तीव्र बनाएका छन् । 

सत्ता गठबन्धनमा सरकारको नेतृत्वको विषयमा सहमति कायम हुन सकेको छैन । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । दुवै दलले प्रधानमन्त्रीमा दाबी गरेकाले सहमति कायम हुन नसकेको हो । सत्ता गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने बारेमा पनि छलफल भइरहेको छ । यद्यपि ठोस निष्कर्षमा पुग्न भने सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्