२६ जेठ २०८३, मंगलबार

सुकीविरूद्धको मुद्दाको अन्तिम फैसला आगामी हप्ता

पुस ९, २०७९
सुकीविरूद्धको मुद्दाको अन्तिम फैसला आगामी हप्ता

म्यान्मारको जुन्ता सरकारको नियन्त्रणमा रहेको अदालतले आङ सान सुकीको १८ महिना लामो सुनुवाइको अन्तिम फैसला अर्को हप्ता सुनाउने भएको छ ।

नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई विभिन्न भ्रष्टाचारदेखि अवैधरूपमा वाकीटकी आयात गर्ने र सरकारी गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ ।

उनीविरूद्धको मुद्धामा सुनुवाई सुरु भएदेखि सुकीलाई केवल एक पटक मात्र सार्वजनिक रूपमा देखाइएको छ । उनको तस्बीर र भनाइहरू पनि जुन्ता सरकारप्रति बफादार राज्य सञ्चालित सञ्चारमाध्यम र वकिलहरूमार्फत् बाहिरिने गरेका छन् । 

म्यान्मारको प्रजातान्त्रिक सङ्घर्षमा उनको दशकौंदेखि प्रभाव रहँदै आएको अहिंसाको मूल सिद्धान्त विपरित उनको समर्थन रहेको ‘पिपुल्स डिफेन्स फोर्सेज’ देशभरि सेनासँग नियमित रूपमा भिडिरहेको छ ।

गत वर्ष जनरलहरूले सत्ता कब्जा गरेर सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेदेखि नै देश उथलपुथलमा परेको छ ।

भ्रष्टाचारका बाँकी पाँच वटा अभियोगमा उनको मुद्दाको अन्तिम बहस सोमबारका लागि तय भएको छ र त्यसको केही समयपछि फैसला हुने अपेक्षा गरिएको छ ।

अदालतले उनलाई यसअघि नै सजाय सुनाइएका २६ जनालाई ७५ वर्षको जेल सजाय दिन सक्ने छ र बन्द कोठामा सुनुवाइ गर्न सक्नेछ ।

इन्टरनेसनल क्राइसिस ग्रुपका रिचार्ड होर्सीले जुन्ताले थप आरोप लगाउने सम्भावना नरहेको बताएका छन् ।

होर्सीले एएफपीसँग भने, “सेनाले अर्को वर्ष बेलायतबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठको उपलक्ष्यमा मनाइने उत्सवमा ध्यान केन्द्रित गर्न चाहेको छ ।”

होर्सीले भने, “तर चुनावपछि कुनै पनि नयाँ सैन्य सरकारले ‘सम्भवतः सुकीसँग सम्पर्क गर्न सक्छ र विपक्षीलाई विभाजित गर्न यस्ता वार्ताको प्रयोग गर्न सक्छ ।” 

म्यानमार विश्लेषक सोइ मिन्त आङले सुकीको मुद्दाको सुनुवाइ सकिएपछि उनको ‘अनपेक्षित क्षमादान र रिहाईको सम्भावना सधैं रहने’ बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्