०२ असार २०८३, मंगलबार

आगलागीमा हुँदा ८४ लाखभन्दा बढीको क्षति

आगलागीमा हुँदा ८४ लाखभन्दा बढीको क्षति

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । 

स्थानीय मैया श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर सुरु भएको आगलागीबाट मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो ।

शनिबार दिउँसोको समयमा भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोली नियन्त्रणमा लिएका थिए । आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु ८४ लाख ५६ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्