२८ जेठ २०८३, बिहीबार
सत्ताको सकस

कांग्रेसको सन्देश– दुवै पद छाड्न सकिएन, माओवादीको निष्कर्ष– गठबन्धन टुंगिन्छ !

कांग्रेसको सन्देश– दुवै पद छाड्न सकिएन, माओवादीको निष्कर्ष– गठबन्धन टुंगिन्छ !

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैंले राख्ने भन्दै त्यसमा सहमति जुटाइदिन माओवादीसँग आग्रह गरेको छ ।

कांग्रेसको उक्त प्रस्तावलाई माओवादीले ठाडै अस्वीकार गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नसकिने प्रस्ताव लिएर आइतवार कांग्रेसका एक नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पुगेका थिए । 

माओवादी महासचिव देव गुरुङले कांग्रेसको प्रस्ताव आफूहरूका लागि अस्वीकार्य रहेको बताए । 

‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैंसँग राखेर सहमति खोजौं भन्ने प्रस्ताव आज फेरि पठायो । कांग्रेसले आफ्नो निर्णयमा पुनर्विचार गरोस् भनेर कुराकानी गर्न प्रचण्ड बालुवाटार जानुभएको छ,’ गुरुङले लोकान्तरसँग भने, ‘कांग्रेसको त्यही बटमलाइन बन्यो भने गठबन्धन अगाडि बढ्दैन । हामीचाहिँ अहिले पनि गठबन्धन बचाएर जाऔं भन्नेमै छौं ।’

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएमा आफूहरू प्रतिपक्षमा बस्ने सन्देश माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।

‘दुवै पोर्टफोलियो कांग्रेसलाई दिएर हामी सत्ता साझेदार बन्दैनौं, क–कसलाई साथमा लिएर सरकार बनाउनुहुन्छ, बनाउनुस्, हामी प्रतिपक्षमा बस्छौं,’ प्रचण्डले देउवालाई सुनाएको सन्देशबारे माओवादीका अर्का नेताले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्