२४ जेठ २०८३, आइतबार

जर्मनीमा ऊर्जा अभाव चर्किएपछि बढ्यो मैनबत्तीको माग

पुस १०, २०७९
जर्मनीमा ऊर्जा अभाव चर्किएपछि बढ्यो मैनबत्तीको माग

युक्रेनमाथि रुसको आक्रमणपछि युरोपमा ऊर्जा संकट चर्किएसँगै जर्मनीमा मैनबत्तीको माग बढेको छ । 

युरोपेली मैनबत्ती उत्पादक संघका प्राविधिक निर्देशक स्टेफान थोमानले अहिले मैनबत्तीको व्यापक माग रहेको बताए । 

रुसी आक्रमणअघि जर्मनीले रुसबाट आधाभन्दा बढी प्राकृतिक ग्यास लिइरहेको थियो । युरोपेली संघमा जर्मनी नै रुसी ग्यासको सबभन्दा ठूलो ग्राहक थियो । त्यस ग्यासमार्फत जर्मनहरू घर तताउने, विद्युत् उत्पादन गर्ने र कारखाना चलाउने गर्थे । 

युद्ध शुरू भएपछि जर्मनीले रुसी प्राकृतिक ग्यासको आयात घटायो । तर रुसी ग्यासमा जर्मन अर्थतन्त्र निर्भर रहेकाले राजनीतिकर्मीहरू त्यसको पूरै कटौतीको विपक्षमा थिए । 

तर बाल्टिक सागरमा राखिएको पाइपलाइन मर्मत गर्नुपर्ने भएको भन्दै रुसले जर्मनीलाई दिँदै आएको ग्यासको प्रवाह घटायो । अनि सेप्टेम्बर महिनामा त्यही पाइपलाइनका केही भागमा बम विस्फोट गरिएपछि रुसले अहिले ग्यास प्रवाह पूरै रोकेको छ । 

जर्मनी अहिले आफ्नो ऊर्जा अर्थतन्त्रलाई परिवर्तन गराउने पक्षमा छ । ऊ ग्यास उपभोग घटाउन चाहन्छ । 

तर ऊर्जाको मूल्य उच्च बनेको अनि अभाव र लोडशेडिङको सम्भावना बढेकाले जर्मनहरू चिन्तित छन् । 

उनीहरू अहिले विशाल संख्यामा मैनबत्ती किनिरहेका छन् । 

मैनबत्ती बाहेक हीटरहरूको माग पनि बढेको छ । तर बिजुली कम्पनीहरूले हीटरको अत्यधिक प्रयोग नगर्न चेतावनी दिएका छन् । विद्युतीय ग्रिडमा बढी भार पर्ने भएकाले उक्त चेतावनी दिइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्