३२ असार २०८३, बिहीबार
राजनीति

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिए

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिए

सरकार गठनका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफलका लागि बालुवाटार पुगेका उनी छलफलबाट बाहिरिएका हुन् । 

प्रधानमन्त्री देउवाले अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग वार्ता गरिरहेका छन् ।

गठबन्धन दलका शीर्ष नेताहरूसँग दुई घण्टा छलफल गरेपछि उनी बाहिरिएका छन् । सरकार गठनका विषयमा सत्तारुढ दलहरूबीच अझै पनि सहमति भइसकेको छैन । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नेतृत्वमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन् । समयसीमाभित्रै सहमति गरेर सरकारको नेतृत्वमा दाबी गर्न सत्ता गठबन्धनका दलहरूबीच छलफल तीव्र छ । 

गठबन्धन दलका अन्य नेताहरूसँग छलफल अघि प्रधानमन्त्री देउवा र प्रचण्डले ‘वान टु वान’ वार्ता पनि गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्