
सत्ता साझेदारीको विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।
नेपाली कांग्रेससँग सहमति जुट्न नसकेपछि प्रचण्ड दिउँसो २ बजे बालकोट पुगेका हुन् । यससँगै कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धन लगभग टुंगिएको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसारका लागि दिएको समय आज सकिँदैछ ।

प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि बालकोट पुगेका छन् । माओवादी महासचिव देव गुरुङ त्यसअघि नै बालकोट पुगेका थिए ।
रास्वपा सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन् ।