०६ साउन २०८३, बुधबार
राजनीति

प्रचण्डलाई दिएको बचनबाट देउवा पछि हटेकाले गठबन्धन भत्कियो– झलनाथ खनाल

प्रचण्डलाई दिएको बचनबाट देउवा पछि हटेकाले गठबन्धन भत्कियो– झलनाथ खनाल

बालुवाटार बैठकबाट सहमति बनेन् । अहिलेको आव्हानबाट सरकार अब सरकार बनेन । अब धारा ३ मा जान्छ । धारा २ सकियो । अझै २, ३ घण्टा बाँकी छ । यो बीचमा केही आएन भने धारा ३ मा जान्छ । शेरबहादुर र प्रचण्डकोबीचमा अस्ति कुरा भएको रहेछ । 

प्रचण्डको आग्रहअनुसार शेरबहादुरले पहिलो प्रधानमन्त्री बन्न सहमति दिनुभएको थियो । पछि शेरबहादुरले दिएको आफ्नै बचनअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुभएन । बचन दिनुभएपछि पनि शेरबहादुरले मान्नु भएन । उहाँले दिएको बचन पूरा नभएपछि अब सहमति हुन्छ र विश्वास कायम हुन्छ भन्ने के भर भयो र मलाई विश्वास भएन म हिँडे भनेर प्रचण्डले भन्नुभयो । अब गठबन्धन पनि रहेन । 

प्रधानमन्त्रीलाई अरु नेताहरूले पनि सम्झाउने प्रयास गर्नुभयो । तर, बाहिरी साथीहरूले सम्झाउँदा पनि मानेनन् भन्ने भयो । मैले पनि सहमति गरेरै जाउँ भने । दुई नेता प्रचण्ड र शेरबहादुरसँग सहमति भएको रहेछ । त्यो नमानेपछि अब मैदान खाली भयो । अब वामपन्थी बाहुल्य भएर सरकार बन्ने सम्भावना पनि देखिएको छ । 

अब आजबाट गठबन्धनमा खतरा पैदा भयो । कहिलेकाँही पर डिलबाट हामफाल्न खोजेको व्यक्ति पनि रोकिन्छ अब त्यसो हुन मात्रै बाँकी छ ।  

(बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालसँग लोकान्तरकर्मी उद्धव थापाले गरेको कुराकानीमा आधारित )
 

salt training

कमेन्ट गर्नुहोस्