
नेकपा एमालेले प्रदेश १ सभामा संसदीय दलको नेता चयन गरेको छ । आइतवार विराटनगरमा बसेको संसदीय दलको बैठकले नेतामा हिक्मत बहादुर कार्की चयन भएका छन् । बैठकले कार्कीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो ।
प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ सिट जितेको छ । एमाले प्रदेशसभामा सबैभन्दा ठूलो दल हो । कार्की झापा ५(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कार्की यसअघि २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए ।