२५ असार २०८३, बिहीबार
नयाँ समीकरणको प्रयास

प्रचण्डले बोलाएको भन्दै सिके राउत पनि पुगे बालकोट

प्रचण्डले बोलाएको भन्दै सिके राउत पनि पुगे बालकोट

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि बालकोट पुगेका छन् । सरकार गठनका विषयमा जारी छलफलमा सहभागी बन्न नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका हुन् । 

बालकोटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका नेताहरू छलफल गरिरहेका छन् । छलफलमा सहभागी रहेका जनता समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राई भने बाहिरिएका छन् । उनी पार्टीभित्र छलफलका लागि भन्दै बालकोटबाट बाहिरिएका थिए । 

जनमतका अध्यक्ष राउतले प्रचण्डले खबर गरेकाले आफू बालकोट आएको बताएका थिए । जनमतको प्रतिनिधिसभामा ६ सांसद छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्