०८ साउन २०८३, शुक्रबार

सरकार गठनको प्रयासलाई विश्वकपसँग तुलना गर्दै बाबुरामले भने, टाईब्रेकरसम्मै उस्तै रोमान्चक

सरकार गठनको प्रयासलाई विश्वकपसँग तुलना गर्दै बाबुरामले भने, टाईब्रेकरसम्मै उस्तै रोमान्चक

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार गठनको प्रयास रोमान्चक भइरहेको बताएका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले सरकार गठनको प्रयासलाई हालै सम्पन्न विश्कप फुटबलको फाइनलसँग तुलना गरेका हुन् । 

उनले लेखेका छन्, ‘हालै सन्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’सम्मै उस्तै रोमान्चक हुन लागेको हो ?’ 

कतार विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीचको खेल टाइब्रेकरसम्म रोमान्चक भएको थियो । शुरुमा २–०ले अग्रता लिएको अर्जेन्टिना मध्यान्तरपछि २–२ को स्थितिमा आएको थियो । त्यसपछि १ गोलले अग्रता लिएको अर्जेन्टिनाको अग्रता केहीबेरमै फ्रान्सले बराबरी गोल फर्काएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्