
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएकी छन् । आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएपछि प्रचण्डपुत्री रेणुले सामाजिक सञ्जालमार्फत बुबालाई बधाई दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘ हार्दिक बधाई एवम् उत्कृष्ट कार्यकालको शुभकामना बुबा ।’ प्रचण्डले सोमवार अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।