०८ साउन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय पुरुष भलिबल नेपाल पराजित

अन्तर्राष्ट्रिय पुरुष भलिबल नेपाल पराजित

बङ्गलादेशमा जारी बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल पराजित भएको छ ।

ढाकामा भएको खेलमा नेपाललाई आयोजक बङ्गलादेशले ०–३ को सोझो सेटमा हराएको हो । बङ्गलादेशले नेपाललाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र  तेस्रो सेट २५–१३ ले हराएको हो ।

अब बङ्गलादेशले उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । पराजित नेपालले भने अब तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्