
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । अपराह्न ४ बजे राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिएलगत्तै केही मन्त्रीलाई शपथ गराउने तयारी शुरु भएको माओवादी स्रोतले बतायो ।
नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका एक–एक जनालाई लिएर भोलि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेको माओवादीका एक नेताले लोकान्तरलाई जानकारी दिए । प्रतिनिधि सभाका १६९ सांसदको समर्थनमा राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । नयाँ सरकार गठनसँगै प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्ने र प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयास गर्ने माओवादी स्रोतले बतायो ।