२७ असार २०८३, शनिबार

नवनियुक्त प्रधानमन्त्रीलाई भारत र चीनको फोन

नवनियुक्त प्रधानमन्त्रीलाई भारत र चीनको फोन

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत र चीनले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासले देशका तर्फबाट बधाई दिएका हुन् । 

नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार यहाँस्थित चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएका हुन् । 

दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएकामा बधाई दिँदै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका थिए । 

चिनियाँ दूतावासका प्रवक्ताबाट पनि  सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनिएको छ । 

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पु¥याउने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आज मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्