जम्मु कस्मीरको गुलमर्गमा राम्रो र १३० वर्ष पुरानो चर्च छ । क्रिसमस डे को अवसरमा यसलाई चिटिक्क बनाइएको छ । दुलहीझैं सजाएर राखिएको चर्चको स्थानीय र पर्यटकहरुले अवलोकन गरेका छन् । रंगीविरंगी लाइटले सजाइएको चर्च हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको थियो ।
धेरै मानिसहरु क्रिसमस डेको अवसरमा चर्चको भित्र गएर हेरे, कतिपयले बाहिरबाटै अवलोकन गरे । आकर्षक ढंगले सजाएर राखिएको चर्च अवलोकनले यादगार समय बनेको अवलोकनकर्ताको भनाइ छ । क्रिसमस डेलाई रोमाञ्चकारी बनाउन नयाँ नयाँ ठाउँको अवलोकन गर्न रुचाउने पर्यटकहरुलाई गुलमर्ग चर्चको अवलोकनले सन्तुष्टि मिलेको बताएका छन् । क्रिसमस डेमा हेप्पी क्रसमिस डे भनेर रमाएका थिए । चर्च संरक्षक पारुक अहमदले त्यहाँ चर्चको अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेको बताए । सो चर्चा सम्पादासूचीमा पनि सूचिकृत रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।