०७ साउन २०८३, बिहीबार

आजै सानो आकारको मन्त्रीमण्डल बनाउने प्रचण्डको तयारी

आजै सानो आकारको मन्त्रीमण्डल बनाउने प्रचण्डको तयारी

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले सोमबार सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । अपराह्न ४ बजे राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिएलगत्तै केही मन्त्रीलाई शपथ गराउने तयारी भएको हो । 

नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका एक–एक जनालाई लिएर आजनै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको माओवादीका एक नेताले लोकान्तरलाई जानकारी दिए । 

 प्रतिनिधि सभाका १६९ सांसदको समर्थनमा राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । नयाँ सरकार गठनसँगै प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्ने र प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयास गर्ने माओवादी स्रोतले बतायो । 
आजै भागबण्डालगायतका विषयमा छलफल गर्न ७ दलको बैठक बस्ने तयारी पनि भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्