२८ असार २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड पेरिसडाँडामा, पदाधिकारी बैठक शुरु

प्रधानमन्त्री प्रचण्ड पेरिसडाँडामा, पदाधिकारी बैठक शुरु

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सोमबार बिहान पार्टी कार्यालयमा पुगेका छन् । पार्टी कार्यालयमा रहेका सहीदहरुको शालीकमा माल्यार्पण तथा कार्यालयमा बधाई थाप्नका लागि लागि पेरिसडाँडा पुगेका हुन् । सो लगत्तै पार्टीको पदाधिकारी बैठक शुरु हुने नेताहरुले बताएका छन् । 

नेकपा (एमाले) सहित ७ दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको आज अपराह्न शपथ रहेको छ। शपथपछि लगत्तै प्रधानमन्त्री प्रचण्डले सानो आकारको मन्त्री परिषद गठन गर्ने तयारी गरेका छन् । मन्त्रीबारेमा छलफल गर्न आजै विहान ११ बजे संसद भवन बानेश्वरमा सत्ता गठबन्धन दलको बैठक आव्हान भएको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्