
नेकपा (माओवादी केन्द्र)बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित मन्त्री बन्ने भएका छन् ।
सोमवार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
श्रेष्ठले लिने मन्त्रालय टुंगो लाग्न बाँकी छ ।
प्रचण्डले आज अपराह्न ४ बजे प्रधानमन्त्रीको शपथ लिएलगत्तै सानो मन्त्रिपरिषद् बनाउने तयारी छ ।
पहिलो चरणमा एमालेबाट २ तथा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक-एक मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।