०४ साउन २०८३, सोमबार

‘फेसियल हाउस’ले मनायो १५ औं वार्षिकोत्सव

‘फेसियल हाउस’ले मनायो १५ औं वार्षिकोत्सव

काठमाडौं मलमा मुख्य कार्यालय रहेको ‘फेसियल हाउस एण्ड ब्यूटी सैलुन’ले आफ्नो पन्ध्रौं वार्षिकोत्सव मनाएको छ ।

शनिबार आयोजित वार्षिकोत्सवमा फेसियल हाउसकी प्रमुख सुष्मा महरा भावुक बनिन् । ग्राहकहरूलाई उत्कृष्ट सेवा दिएर ब्यूटी सैलुनको दुनियाँमा नम्बर १ बनेको यो फेसियल हाउसको पन्ध्रौ वार्षिकोत्सव मनाउँदै गर्दा सुष्मा दुःख र संघर्षका दिन सम्झिएर भावुक बनिन् । 

काठमाडौं मलमा मुख्य कार्यालय रहेको फेसियल हाउसले विभिन्न ठाउँमा शाखा विस्तार गरेको छ ।

१५ बर्ष अगाडि काठमाडौं मलमा स्थापना भएको फेसियल हाउसको शाखा धनगढी,  सुर्खेत र पोखरामा पनि संचालनमा छ । 

१५ वटा केक काट्दै सेलिव्रेशन गरिएको वार्षिकोत्सवमा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गर्ने योजना समेत रहेको सुनाइन् । 

कार्यक्रममा उत्कृष्ट कर्मचारीदेखि विभिन्न अतिथिहरुलाई अवार्ड र मायाको चिनो वितरण गरिएको थियो ।

नेपाली फिल्म तथा मनोरञ्जन क्षेत्रका थुप्रै कलाकारहरूको समेत रोजाइको पहिलो गन्तव्य बनेको फेसियल हाउसले १५ औं वार्षिकोत्सवको अवसरमा पौष महिनाभरी भारी छुट समेत दिएको सुष्माले बताइन् ।

वार्षिकोत्सवमा विभिन्न गायक–गायिकाले गीत समेत गाएर मनोरञ्जन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्