
प्रदेश सभा १ का जेष्ठ सदस्य गयान्नद मण्डलले शपथ ग्रहण गरेका छन् । सोमवार उनले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
जेष्ठ सदस्य मण्डललाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराए । मण्डलले आजै प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन् ।