१० साउन २०८३, आइतबार

प्रदेश १ का सांसदहरूले लिए शपथ

प्रदेश १ का सांसदहरूले लिए शपथ

प्रदेशसभा १ का सांसदहरूले शपथ ग्रहण गरेका छन् । सोमवार प्रदेशसभामा जेष्ठ सदस्य गयान्नद मण्डलले सांसदहरूलाई शपथ ग्रहण गराएका हुन् । त्यसअघि मण्डलले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । 

मण्डललाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराएका थिए । मण्डलले मध्याह्न १२ बजे शपथ ग्रहण गरेका थिए । त्यसपछि १ः३० बजे मण्डलले प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । ६ जना सासदरूले भने मातृ भाषामा शपथ लिएकाे छन् ।

९३ सदस्यीय प्रदेश १ सभामा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सांसद छन् । 

 


 

salt training

कमेन्ट गर्नुहोस्