२४ जेठ २०८३, आइतबार

कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले भने – मलाई माला चाहिँदैन, जनताको सेवा गर्नुहोला

कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले भने – मलाई माला चाहिँदैन, जनताको सेवा गर्नुहोला

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कागजमा नभई जनताले वास्तविक जीवनमा परिवर्तन महसूस हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

कर्मचारीको सरुवा–बढुवामा नलाग्ने भन्दै उनले निधक्क भएर काम गर्न आग्रह गरे । 

सोमवार साँझ गृह मन्त्रालयमा पदभार सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै रविले नयाँ सरकार बनेपछि अवस्था फेरियो भन्ने गरी काम गर्नुपर्ने बताए । ‘सरुवा गरेर ल्याउनुपर्ने मेरो कोही मान्छे छैन, तपाईंहरूलाई आफ्नो मान्छे बनाउन आएको छु,’ लामिछानेले भने, ‘नयाँ सरकार बनेपछि अवस्था फेरियो भन्ने कुरा कागजमा होइन, घरघरमा निकाल्न सकून्, यति अपेक्षा राख्छु ।’ 

गृहमन्त्री लामिछानेले २४ घण्टै सक्रिय रहने बताए । ‘मलाई धेरै औपचारिकता र मानसम्मान चाहिँदैन, त्यो मानसम्मान आमनागरिकलाई दिनुहोला । आम नागरिककै कारण हामी यहाँ आउन सफल भएका हौं,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्