०९ साउन २०८३, शनिबार

पुस १७ गते प्रदेशसभा बैठक आह्वान गर्नका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

पुस १७ गते प्रदेशसभा बैठक आह्वान गर्नका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

१ नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतवार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताए । प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

अब बस्ने प्रदेश सभाको बैठकले सभामुख छान्ने प्रक्रिया थाल्नेछ । सांसदहरूले सोमवार शपथ ग्रहण गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्