
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यभार सम्हाल्न सिंहदरबार पुगेका छन् ।
आइतवार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।
प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीसहित मन्त्रीहरूले शपथ लिएका हुन् । शपथ ग्रहणपछि पदभार ग्रहण गर्न प्रचण्ड राति साढे ७ बजे सिंहदरबार पुगेका छन् ।