०८ साउन २०८३, शुक्रबार

माधव नेपाललाई प्रचण्डको प्रस्ताव – सरकारमा सहभागी हुनुस्

माधव नेपाललाई प्रचण्डको प्रस्ताव – सरकारमा सहभागी हुनुस्

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी हुन नेकपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा प्रचण्डलाई बधाई दिन पुगेका नेता नेपाललाई प्रचण्डले सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन् ।

प्रचण्डले सरकारमा सहभागिताका लागि माधव नेपाललाई आग्रह गरेको माओवादीका एक नेताले जानकारी दिए तर माधव नेपालले भने यसबारे केही जवाफ दिएनन् । 

माओवादी पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकमा पनि प्रचण्डले माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउन सकिने बताएका थिए । आइतवारसम्म सत्ता गठबन्धनमा सँगै रहेका नेपाल प्रचण्ड एमालेसँग मिल्न गएपछि एक्लै परेका थिए ।

माओवादीका दोस्रो तहका नेताहरूले पनि माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउन पहल गर्ने बताएका छन् । 

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारलाई समर्थन गर्ने या प्रतिपक्षमा बस्नेबारे पार्टीमा छलफल गरेर निर्णय लिने लोकान्तरलाई बताए । 

प्रतिनिधि सभामा नेकपा एसका १० सांसद छन् । राष्ट्रपति कार्यालयमा प्रचण्डले शपथ लिइरहेको समयमा एमाले अध्यक्ष केपी ओली र माधव नेपाल एउटै लहरमा बसेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्