
प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।
आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ खाएका थिए । शपथसँगै सहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमपछि प्रचण्डले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका थिए । लगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।