१३ असार २०८३, शनिबार

अपाङ्गता भएका कलाकारका लागि विशेष चित्रकला

अपाङ्गता भएका कलाकारका लागि विशेष चित्रकला

संघीय राजधानी काठमाडौंमा विशेष चित्रकला कार्यशाला कार्यक्रमको आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा कलाकार सञ्जय बान्तवाको विशेष पहलमा कार्यक्रम आयोजना भएको हो ।

अपाङ्गता भएका कलाकारको क्षमता प्रदर्शन तथा उनीहरूको कलालाई प्रवर्धन गर्ने उद्देश्यसाथ कार्यक्रम गरिएको छ । चित्रकला कार्यशालामा १० जना अपाङ्गता भएका कलाकारले भाग लिएका थिए । 

प्राज्ञ बान्तवा नेपालका चर्चित अपाङ्गता भएका कलाकार हुन् । उनका चित्रकलाहरूको स्वदेश तथा विदेशमा धेरै पटक प्रदर्शनी गरिसकेको छ । सो चित्रकला प्रदर्शनीमा नेपालका माउथ पेन्टर (मुखले चित्र बनाउने) अमिर बञ्जन तथा चर्चित अर्का कलाकार प्रतिज्ञ शाक्य लगायतका १० जना कलाकारले विभिन्नखालका सन्देशमूलक चित्रकला कोरेका थिए ।

कार्यशालामा प्रतिष्ठानका कुलपति के.के कर्माचार्य (कान्छा कुमार) ले विशेष चित्रकला कार्यशालामा अपाङ्गता भएका कलाकारको कलालाई मुक्तकण्ठले प्रशंसा गरे । कार्यशालाको आयोजना गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।

अन्तर्राष्ट्रियस्तरमा नेपालका अपाङ्गता भएका कलाकारको चित्रलाई प्रवर्धन गर्न आवश्यक रहेको उनको भनाइ छ । त्यसो गर्नसके कलाकारलाई प्रोत्साहन हुने भन्दै आइसल्याण्डका चर्चित माउथ पेन्टर ब्राण्डुर कार्सन पनि कार्यशालामा सहभागी भएकोमा खुशी व्यक्त गरे  ।

ब्राण्डुर २६ वर्षको उमेर हुँदा एक रोगका कारण घाँटीभन्दा तल सबै शरीर प्यारलाइसिस भएपछि उनले म मुखले गर्ने काम के गर्न सक्छु त ? भनेर बिकल्पको खोजी गर्दैजाँदा एक जना महिला कलाकारले मुखले चित्र बनाएको भन्ने थाहा पाएर त्यसमा लागेको बताए । अथक प्रयास तथा निरन्तरको अभ्यासबाट आफू अन्तर्राष्ट्रियस्तरमा चिनिन सफल भएको उनले बताए ।    

salt training

कमेन्ट गर्नुहोस्