१५ असार २०८३, सोमबार

जिराभवानीमा सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला स्थापना

जिराभवानीमा सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला स्थापना

पर्साको जिराभवानी गाउँपालिकामा सुविधासम्पन्न स्वास्थ्य प्रयोगशाला स्थापना हुने भएको छ ।  जिराभवानी –२ को सेढंवामा रहेको स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले रु ६० लाख बराबरको प्रयोगशालासम्बन्धी स्वास्थ्य सामग्री र उपकरण उपलब्ध गराउन लागेको हो ।

जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गाउँपालिकामा सुविधासम्पन्न प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरण उपलब्ध गराउन लागेको जानकारी दिए ।  गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्राण मेहताका अनुसार प्रयोगशालासँग सम्बन्धित प्राविधिक तथा प्रशासनिक विषय प्रदेश प्रयोगशालासँग समन्वय गरी सञ्चालन गर्नुपर्ने छ । सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने राम्रो व्यवस्था स्थानीय तहले गर्नुपर्नेछ ।  ‘ल्याब रिपोर्ट’को राम्रो व्यवस्था गर्नुपर्ने छ ।

प्रयोगशालामा आवश्यक कर्मचारी  केमिकल अन्य प्राविधिक उपकरणको व्यवस्था चालु आर्थिक वर्षका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ  । प्रयोगशाला व्यवस्थानका लागि  आगामी वर्षका लागि प्रदेश सरकारबाट बजेट प्राप्त  हुने जनाइएको छ  । रासस

salt training

कमेन्ट गर्नुहोस्