
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन भएका छन् ।
उक्त संसदीय दलको काठमाडौँमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम थापाले जानकारी दिए ।
बागमती प्रदेशसभामा राप्रपाका १३ जना सदस्य छन् ।