२५ असार २०८३, बिहीबार

विर्तामोडमा एनओजी राइड सम्पन्न

विर्तामोडमा एनओजी राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत पुस ९ गते शनिवार विर्तामोड शोरुमबाट सतासीधामसम्म आयोजना भएको उक्त राइडमा सहभागीहरूबीच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरू पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्