×

NMB BANK
NIC ASIA

कुखुरा फार्मसँग घुस मागेको आरोपमा सुब्बा सा’पविरुद्ध मुद्दा दायर

पुस १२, २०७९

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको खाँडाचक्र नगरपालिकामा कार्यरत सहायकस्तर पाँचौ (नायब सुब्बा) दिपकराज देवकोटाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

Muktinath Bank

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञप्तिमा उल्लेख छ, ‘जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिकाले पोल्ट्री बंगुर फार्मसँग ४२० कुखुरा उपलब्ध गराउने गरी सम्झौता गरे तापनि नायब सुब्बा दिपकराज देवकोटाले फार्मको नाममा भुक्तानी लिई चेक लुकाएर फार्मसँग घुस/ रिसवत मागेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा खाँडाचक्र नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कालिकोटमा कार्यरत सहायकस्तर पाँचौं (नायब सुब्वा) दिपकराज देवकोटाले खाँडाचक्र नगरपालिकाद्वारा वडा नम्बर ३ र ४ मा लघु उद्यम विकास अन्तर्गत कुखुरापालन सीप विकास तालिम कार्यक्रममा कुखुराको साकोनी जातको चल्ला मात्र सम्झौताकर्ताबाट खरिद गरी तालिम कार्यक्रम आफैंले सञ्चालन गर्ने भनी आफैंले गरेको सम्झौताको शर्त पूरा नगरी पूरा समयावधि तालिम सञ्चालन नगरी जम्मा १ दिन मात्र तालिम सञ्चालन गरी १५ दिन सञ्चालन गरेको देखाई कार्यक्रम पूर्ण रुपमा सञ्चालन भएको भनी झूटा बिल भरपाई तथा कागजात तयारी गरी कार्यालयमा पेश गरी भुक्तानी लिई रु. १,९७,८९५।– हिनामिना गरेको हुँदा निज नायब सुब्बा दिपकराज देवकोटाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१) को देहाय (ङ) बमोजिम कसूर भएकाले निज दिपकराज देवकोटालाई रू. १,९७,८९५।– (एक लाख सन्तानब्बे हजार आठ सय पन्चानब्बे रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी कायम हुन आएको बिगो असूलउपर हुन मागदाबी लिइएको छ ।’


Advertisment
Nabil box
Kumari

देवकोटाले पोल्ट्री बंगुर फार्मलाई १ लाख ८० हजार १८० रुपैयाँ सम्झौताअनुसार कुखुरा चल्लाको भुक्तानी दिनुपर्नेमा ३० हजार १८० रुपैयाँ चेकमार्फत घुस/रिसवतबापत लिएको देखिँदा निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेकोले निजलाई ३० हजार १८० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार कैद र बिगोबमोजिम जरिवाना एवं रिसवत लिएको रकम समेत जफत हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x