२८ जेठ २०८३, बिहीबार

अधिवक्ता डा पोखरेल महान्यायाधिवक्तामा सिफारिस

अधिवक्ता डा पोखरेल महान्यायाधिवक्तामा सिफारिस

अधिवक्ता डा दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस भएका छन् । 

नेपाल सरकारको कानूनी सल्लाहकारका रूपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले मंगलवार राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

अधिवक्ता डा पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । संवैधानिक र फौजदारी कानूनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । 

यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सरकारको कानूनी सल्लाहकार खम्बहादुर खाती थिए । उनले सोमवार पदबाट राजीनामा दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्