३२ असार २०८३, बिहीबार

अर्थतन्त्र पुर्नजिवित गराउन अर्थमन्त्रीलाई निजी क्षेत्रकाे आग्रह

अर्थतन्त्र पुर्नजिवित गराउन अर्थमन्त्रीलाई  निजी क्षेत्रकाे आग्रह

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघ (सीएनआई)ले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलवार अर्थमन्त्रीलाई भेटेर अर्थतन्त्रलाई पुनर्जिवित गराउन आग्रह गरेका छन् । 

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पूँजीको अभावजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए । उद्योगी व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गरे । 

उद्योगी व्यवसायीको घटेको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रतिमहिना ब्याजदर घटाउन आग्रह गरेका छन् । उनीहरुले चालु पुँजी कर्जा निर्देशिका पुराना ग्राहकहरूका लागि २ वर्षसम्म स्थगित गर्नसके तत्काल सकारात्मक सन्देश सञ्चार गरेर व्यवसायीलाई उत्साहित गराउन सकिने पनि बताए । 

आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका ६ वटा औद्योगिक क्षेत्रलाई सार्वजनिक–निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि परिसंघले आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्