२५ असार २०८३, बिहीबार

पोखराबाट शुरू भयो ‘तिम्रो मेरो साथ’को मोफसल यात्रा

पोखराबाट शुरू भयो ‘तिम्रो मेरो साथ’को मोफसल यात्रा

पुस २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को मोफसल यात्रा मंगलबार पोखराबाट शुरु भएको छ । चलचित्रका निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट शुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ । 

चलचित्रत्रको सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफू र आफ्नो टिम निकै उत्साहित रहेको निर्देशक पौडेलले सुनाए ।

मोफसल यात्रामा निस्केको टिमलाई पोखरामा दर्शक तथा सञ्चारकर्मीहरूबाट मिलेको साथले पनि निकै ठूलो हौसला मिलेको चलचित्रकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन् ।

मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले बताए ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञीसँगै इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरूको अभिनय छ ।
 

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । चलचित्रको सह–निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई थप तिव्र बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्