
अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ । मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो ।
यसैबीच सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले लामिछानेविरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पुर्याउने बताएका छन् । उनले अबको करिव ३ महिनासम्ममा सबै विषय टुंगिने दाबी गरे । अधिवक्ता घिमिरेले क्रिकेटर लामिछानेमा आफू निर्दोष छु भन्ने आत्मविश्वास रहेको बताए ।
उमेरका कारण केस नलम्बिएको भन्दै आफ्नो पहिलो प्राथमिकता उमेर भन्दापनि सन्दीपको निर्दोष छु भन्ने आत्मविश्वासलाई साबित गर्ने कुरामा रहेको बताए । उनले नेपालले पछिल्लो समय क्रिकेटमा पराजय व्यहोरिरहेकोमा सन्दीप चिन्तित रहेको प्रतिक्रिया दिए ।