२२ जेठ २०८३, शुक्रबार

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन माधव नेपालका सम्धीको घरमा वार्ता

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन माधव नेपालका सम्धीको घरमा वार्ता

नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन छलफल सुरु भएको छ । यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको एकीकृत समाजवादी नयाँ समीकरण बनेसँगै अन्योलमा रहेको सन्दर्भमा उसलाई सरकारमा सहभागी गराउने विषयमा छलफल सुरु भएको हो।  

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच मंगलबार राति भेटवार्ता  भएको छ ।  नेपालका  सम्धी सोमप्रसाद पाण्डेको निवासमा भेटवार्ता भएको स्रोतले जानकारी दियो । 

मंगलबारै दिउँसो पनि वामपन्थी एकताको पहल गरिरहेका वामदेव गौतमले अध्यक्ष नेपाललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए । यस्तै प्रचण्डले पनि माधव नेपालसँगको भेटमा सरकारमा सहभागी हुन आग्रह गरेका थिए । 

उसो त सोमबार प्रधानमन्त्रीको शपथका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच संवादहीनता टुटेको थियो । 
यसअघि सोमबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्