
नुवाकोटको बेलकोटगढी नगरपालिका–१ का किसान रामप्रसाद ढकालको भैँसीलाई शल्यक्रिया (सिजरियन प्रविधि) गरेर सुत्केरी गराइएको छ ।
उक्त भैँसी ब्याउन नसकेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बबलु ठाकुर सहितको समूहले नुवाकोटमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराएको हो । तस्बिर- रामहरि न्यौपाने, रासस