२२ जेठ २०८३, शुक्रबार

भक्तपुर–धुलिखेल सडकखण्ड विस्तार गरिँदै

भक्तपुर–धुलिखेल सडकखण्ड विस्तार गरिँदै

सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गतको दोस्रो खण्ड सूर्यविनायक–साँगाको निर्माण प्रक्रियाअघि बढेको छ । यसका लागि आयोजनाले गत कात्तिकमा यस खण्डको प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो । 

उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । सवारी चाप अत्यधिक रहने सूर्यविनायक–धुलिखेल सडक विस्तारको प्रस्तावित योजनाले छिट्टै गति लिने भएको हो । यस खण्ड विस्तार गर्न रु तीन अर्ब ८८ करोड ९३ लाख ९६ हजारमा ठेक्का लगाइएको छ । उक्त खण्डका लागि जेभीका रुपमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीको ठेक्का स्वीकृत भएको हो ।

आयोजनाअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार गर्न रु चार अर्ब ५६ करोड लागतमा ठेक्का लागि सकेको छ । जसको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । अहिले उक्त ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ । यसमा ठेक्का पाउने निर्माण व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मासमेत लिनुपर्ने जनाइएको छ । पुल निर्माणको लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकालेरु एक अर्ब लागत लाग्ने आयोजनाको अनुमान गरिएको हो । 

अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि छुट्टै ठेक्का आह्वान गरिने जनाइएको छ । यसको लागि प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत रु ९० करोड छ ।
    
उक्त डिपीआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले जनाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो । आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फि अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । सौ बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ ।रासस
 

salt training

कमेन्ट गर्नुहोस्