२० असार २०८३, शनिबार

मध्यमोदी जलविद्युत्को परीक्षण उत्पादन सफल

मध्यमोदी जलविद्युत्को परीक्षण उत्पादन सफल
प्रतिकात्मक तस्वीर

पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ ।

निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले ८ वर्षपछि परीक्षण उत्पादन गरेको हो । 

परीक्षण उत्पादन सफल भएपछि यसै हप्तादेखि व्यावसायिक उत्पादनको तयारी छ । विक्रम संवत् २०७१ मंसिरदेखि आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन शुरू गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए ।

‘३ वर्षमा नै आयोजना निर्माणको काम सक्ने गरी काम थालिएको थियो, निर्माणका क्रममा विविध समस्याका कारण आयोजनाको काम ५ वर्ष पछाडि धकेलिएको हो,’ उनले भने ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटी र नजिकै पर्ने पर्वतको मोदी गाउँपालिका–१ भूकको भुरुङडाँडामा बाँध निर्माण गरेर ल्याइएको मोदीखोलाको पानी पर्वतको मोदी गाउँपालिका–२ समादीमा खसालिएको छ । आयोजनाका लागि २ हजार ८४० मिटर लम्बाइको ‘टनेल’बाट पानी ल्याइएको पानी ७७ मिटर लामो टेलरेसबाट मोदीखोलामा खसालिएको छ । सम्झौतानुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअघि नै विद्युत् गृहबाट देउपुरसम्म ४ किलोमिटर लामो प्रसारण लाइन बनाएको छ । 

विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीका अनुसार पुस ५ गते अगाडि नै परीक्षणको काम सकिएपछि त्यसयताका १५ दिनलाई ‘ट्रायल फेज’का रूपमा राखिएको थियो । त्यहाँबाट उत्पादन हुने विद्युत्लाई मोदी गाउँपालिकाकै पातिचौरमा रहेको कोरुङ्गा सबस्टेसनमा लगेर १३२ केभी लाइनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पठाइने छ । पातीचौर सबस्टेशनबाट कास्कीको पोखरामा रहेको लेखनाथमा पुग्ने र अर्को जडान कास्कीकै माछापुच्छे« गाउँपालिकाको लाहाचोक पुग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्