१६ असार २०८३, मंगलबार
जसपाको आन्तरिक राजनीति

जसपा संसदीय दलको नेता– रामसहायप्रसाद यादवको नाममा सहमति जुटाउन प्रयास

जसपा संसदीय दलको नेता– रामसहायप्रसाद यादवको नाममा सहमति जुटाउन प्रयास

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता रामसहायप्रसाद यादवलाई बनाउन प्रयास भएको छ ।

एकभन्दा बढी आकांक्षी देखिएर चुनाव नै गर्नुपर्ने परिस्थिति आएपछि रामसहायको नाममा सहमति जुटाउने प्रयास भएको हो ।

रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र मानिन्छन् ।

संसदीय दलको नेताका लागि जसपामा संघीय परिषद् अध्यक्ष अशोक राईदेखि नेता राजकिशोर यादव र नवलिकशोर साह सुडीसम्मले दाबी गरेका थिए ।

अन्तिममा यो रेसमा रामसहाय र अशोक राई कायम छन् । उपेन्द्र चुनावमा पराजित भएकाले दोस्रो व्यक्तिको खोजी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्