
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवास सरेका छन् ।
बुधवार साँझ साढे ६ बजेको शुभ साइतमा प्रचण्ड बालुवाटार सरेका हुन् ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ गते शपथ लिएका थिए । शपथ गरेदेखि उनी खुमलटारस्थित निजी निवासमा बस्दै आएका थिए ।
खुमलटारमै बुधवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।
यसअघि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधवारै बालुवाटारबाट धुम्बाराहीस्थित एक घरमा डेरा गरी सरेका छन् ।