१८ असार २०८३, बिहीबार

उत्तर कोरियालाई चिढ्याउने मेलो : अमेरिका र दक्षिण कोरियाबीच अर्को हप्तादेखि सैन्य अभ्यास

कात्तिक २०, २०७४
उत्तर कोरियालाई चिढ्याउने मेलो : अमेरिका र दक्षिण कोरियाबीच अर्को हप्तादेखि सैन्य अभ्यास

काठमाडौं, ३२ साउन — अमेरिका र दक्षिण कोरियाले सोमवारदेखि १० दिनसम्म सैनिक अभ्यास गर्ने भएका छन् । उत्तर कोरियाले यसबाट ‘आणविक युद्ध’ हुनसक्ने चेतावनी दिएको छ ।


किम जोङ–उनले गुआममा तत्काल आक्रमण नगर्ने बताइरहँदा यो संयुक्त अभ्यासले उनको क्रोधको पारा फेरि चढाउने देखिएको छ ।

संयुक्त अभ्यासलाई उल्ची–फ्रीडम गार्डियन भनी चिनिन्छ र यो प्रत्येक वर्ष गरिन्छ । तर प्योङयाङ र वाशिङटनबीच विवाद चर्किंदा सैन्य अभ्यासले उत्तरलाई थप चिढ्याएको छ ।

उत्तरले जमीन, वायु र जलयुद्ध अभ्यासलाई उत्तेजना फैलाएको रूपमा लिन्छ र ऊ दक्षिणले आफूमाथि आक्रमणको तयारी गरिरहेको ठान्छ ।

वाशिङटन र सउलले अभ्यासका लागि दशौं हजार सैनिकहरू तैनाथ गर्ने भएका छन् र उनीहरू चाहिँ यो प्रतिरक्षात्मक अभ्यास भएको र उत्तर कोरियाको आक्रामकतालाई जवाफ दिएको भन्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्