२७ असार २०८३, शनिबार

अपांगता भएकाहरुका लागि पहुँचयुक्त सञ्चार सेवा निर्देशिका ल्याउने तयारी

अपांगता भएकाहरुका लागि पहुँचयुक्त सञ्चार सेवा निर्देशिका ल्याउने तयारी

सरकारले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका ल्याउने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव जमुना मिश्रले अपांगता भएका व्यक्तिका लागि आवश्यक पर्ने भएकाले सो निर्देशिका ल्याउने तयारी गरिएको हो । बुधबार यहाँ आयोजित ‘अपांगता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँच सम्बन्धि व्यवस्था, अभ्यास तथा भावी योजना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले शिक्षामा सूचना प्रविधिको व्यवस्था गर्नुपर्ने गरी नियमावलीको समेत व्यवस्था गरिएको स्पष्ट पारिन् । 

उपसचिव मिश्रले बौद्धिक अपांगता, मानसिक अपांगता, अटिज्म, मष्तिष्क पक्षघात वा श्रवण दृष्टिविहीन भएका व्यक्तिको सिकाई आवश्यक्तालाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम, पाठ्यपुस्तक र सोही अनुसारको शैक्षिक सागम्रीको व्यवस्था गरेको पनि जानकारी गराइन् । 

त्यसैगरी अपांगता भएकाहरुका लागि निःशुल्क शिक्षा र छात्रावृत्ति, निःशुल्क श्वास्थ्य सेवा, सार्वजनिक सवारी साधनमा छुट र सिटमा आरक्षणको व्यवस्था गरेको पनि उनले जनाइन् । कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले व्यवस्था बदलिए पनि आफूहरुको अवस्थामा परिवर्तन नआएको भन्दै गुनासो गरेका थिए ।   

salt training

कमेन्ट गर्नुहोस्