०९ साउन २०८३, शनिबार

राप्रपा लुम्बिनी प्रदेश दलको नेतामा आशिष चौधरी

राप्रपा लुम्बिनी प्रदेश दलको नेतामा आशिष चौधरी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ । संसदीय दलको बैठकले रूपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले लोकान्तरलाई जानकारी दिए । त्यस्तै सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठ चयन भएकी छन् । 

लुम्बिनीमा राप्रपाका प्रत्यक्ष २ र समानुपातिक २ गरी ४ सांसद रहेका छन् । लुम्बिनीमा प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले दलको नेता चयन गर्न बाँकी छ । ८७ सदस्यीय प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व छ । प्रदेशसभाको अधिवेशन यहीँ पुस १८ गतदेखि दाङको भालुवाङमा शुरू हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्