१९ असार २०८३, शुक्रबार

भोलिदेखि रिलिज हुने ‘डिसेम्बर फल्स’लाई मल्टिप्लेक्समा सुखद् शोज, कस्तो गर्ला ओपनिङ ?

भोलिदेखि रिलिज हुने ‘डिसेम्बर फल्स’लाई मल्टिप्लेक्समा सुखद् शोज, कस्तो गर्ला ओपनिङ ?

भोलि (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आउँदैछ ।

‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा रिलिज हुन लागेको ‘डिसेम्बर फल्स’प्रति ठूलो अपेक्षा राखिएको छ । 

प्रविण झाको निर्देशन रहेको यस फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माण टिममा छ । 

यसैबीच, मल्टिप्लेक्स हलहरुले फिल्मको अग्रिम टिकट बूकिङ खुलाएका छन् । फिल्मलाई मल्टिप्लेक्सले सुखद् शोज दिएका छन् । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले फिल्मलाई प्रदर्शनको पहिलो दिन देशभर २९ शोज दिएको छ ।

फिल्मलाई वान सिनेमाज, बीग मुभिजले पनि राम्रै शोज उपलब्ध गराएका छन् ।

लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मको ट्रेलर, गीत र टिजरले दर्शकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ । 

अभिनेता आर्यन र अभिनेत्री उपासना पनि फिल्मलाई लिएर निकै आशावादी देखिन्छन् । यद्यपि, खासगरी वर्ड अफ माउथ बलियो देखियो भने फिल्मले राम्रो कमाई गर्नेछ । फिल्मले गर्ने ओपनिङको अनुमान भने यसै गर्न सकिँदैन् । 

फिल्ममा आर्यन र उपासनाका साथमा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् । राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् । महेश आर गुप्ताको छायाँकन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

‘डिसेम्बर फल्स’मार्फत आर्यन र उपासनाले फिल्ममा पहिलोपटक सहकार्य गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्