०३ साउन २०८३, आइतबार

अर्जेन्टिनी खेलाडीले जिस्क्याएकोमा एम्बाप्पेले दिए यस्तो प्रतिक्रिया

पुस १४, २०७९
अर्जेन्टिनी खेलाडीले जिस्क्याएकोमा एम्बाप्पेले दिए यस्तो प्रतिक्रिया

अर्जेन्टिनाका फूटबल खेलाडी एमिलियानो मार्टिनेजले लगातार जिस्क्याइरहेको भए पनि आफूले त्यसलाई वास्ता नगरेको फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेले बताएका छन् । 

विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएपछि मार्टिनेजले एम्बाप्पेलाई लगातार गिज्याइरहेका छन् ।

कहिले उनी एम्बाप्पको अनुहार टाँसिएको पुतली बोकिरहेको देखिन्छन् भने कहिले उनले एम्बाप्पेको नाममा एक मिनेट मौनधारण गर्ने भनेका छन् । 

यस विषयमा पत्रकारहरूले सोध्दा एम्बाप्पेले भने, ‘उनीहरूको खुशियालीबाट मलाई कुनै समस्या छैन । यस्ता बेकारका रूपमा म आफ्नो ऊर्जा खर्च गर्दिनँ । म अहिले क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु । हामी मेसी फर्किने प्रतीक्षा गरिरहेका छौं । उनले क्लबमा आएर गोल गर्ने अनि खेल जिताउने प्रतीक्षामा हामी छौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्