×

NMB BANK
NIC ASIA

झण्डै साढे ३ करोड बिगो कायम गरी दमकका वातावरण अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस १४, २०७९

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी, मिक्लाजुङ्ग गाउँपालिका मोरङका असिस्टेन्ट सबइन्जिनीयर विवेक कार्कीसहित ४ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

Muktinath Bank

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दमक नगरपालिका र मिक्लाजुङको सिमानामा रहेको मावा खोला उत्खननका लागि किशन एण्ड दृष्टी बिल्डर्स प्रालिले ठेक्का लिएकोमा कम्पनीले मापदण्ड विपरीत उत्खनन् गर्दा पनि दमक नगरपालिकाले वास्ता नगरेको भन्ने प्रकाशित समाचार सम्बन्धमा अनुसन्धान हुँदा दमक नगरपालिकाका  वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मिक्लाजुङ्ग गाउँपालिका मोरङका असिस्टेन्ट सबइन्जिनीयर विवेक कार्कीले मावा खोलाबाट उत्खनन् गर्नुपर्ने अनुमति प्राप्त परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् हुँदा अनुमति प्राप्तभन्दा बढी उत्खनन् गर्ने कार्यलाई समयमै नियन्त्रण गर्ने र सो बमोजिम समयमै प्रतिवेदन गर्नुपर्नेमा त्यसो नगरी आफू कानूनी जिम्मेवारीबाट विमुख भई नगरपालिकालाई प्राप्त हुने राजस्व रकम हानिनोक्सानी हुने कार्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

उत्खनन् कार्य नियन्त्रण गर्नेतर्फ उदासीन रही भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसूर गरेको देखिन आएकाले निजहरू ज्ञानेन्द्र चौधरी र विवेक कार्कीलाई उल्लेखित कसूरमा अनुमतिभन्दा बढी उत्खनन् बापतको ३ करोड ४४ लाख ११ हजार २८८ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) बमोजिम बिगो अनुसार जरिवाना र ३(१)(झ) बमोजिम कैद सजाय हुन एवं हानिनोक्सानी भएको बिगो समेत असूलउपर हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ । 

Vianet communication

आरोपी ज्ञानेन्द्र चौधरी र विवेक कार्कीले नदीजन्य पदार्थ के कति परिमाणमा उत्खनन् भएको थियो भनी स्थलगत जाँचबुझ एवं मुचुल्का समेत उठाई यकिनका साथ प्रतिवेदन पेश गर्नुपर्नेमा हचुवाको भरमा उत्खनन् गरेकोभन्दा घटी परिमाण उल्लेख गरी झूटो गलत प्रतिवेदन दिएको देखिएकाले निजहरूको उक्त कार्य समेत भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९(२) बमोजिमको कसूर भएको हुँदा कसूरजन्य कार्य गर्ने निजहरूलाई उल्लिखित कसूरमा थप सजाय हुनसमेत मागदाबी लिइएको छ । 

विज्ञप्तिमा उल्लेख छ, ‘ठेकेदार किशन एण्ड दृष्टी विल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र निजका प्रतिनिधि निशम कार्कीले सम्झौता विपरीत बढी नदीजन्य पदार्थ उत्खनन् गरी आफूलाई गैरकानूनी लाभ लिने बदनियतले कबुलियतनामाको शर्त उल्लंघन गरेकाले उक्त कार्यबाट दमक नगरपालिकालाई प्राप्त हुने राजस्व रकम रू. ३,४४,११,२८८।२५ सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको देखिएको हुँदा निजहरू पशुपति उप्रेती र निशम कार्कीलाई रु. ३,४४,११,२८८।२५ (तीन करोड चौवालिस लाख एघार हजार दुई सय अठ्ठासी रुपैयाँ पच्चीस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा निजहरूलाई सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी बिगो रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x