भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी दिवंगत आमा हीराबेन मोदीको पार्थिव शरीर बोकेको भिडियो सार्वजनिक भएको छ ।
एएनआई समाचार संस्थाले आफ्नो ट्विटर अकाउन्टमा भिडियो अप्लोड गरेको हो ।
हीराबेनको शुक्रवार बिहान मृत्यु भएपछि मोदीले गुजरातको गान्धीनगरमा आमाको अन्त्येष्टिका लागि पार्थिव शरीर लगेका हुन् ।
आमाको देहान्तपछि मोदीले भावपूर्ण ट्वीट लेखे, ‘ईश्वरको चरणमा शानदार शताब्दीको विराम । आमामा मैले सधैं त्यस त्रिमूर्तिको अनुभूति गरेको छु जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यहरूप्रति प्रतिबद्ध जीवन समाहित छ ।’
#WATCH | Gandhinagar: Prime Minister Narendra Modi carries the mortal remains of his late mother Heeraben Modi who passed away at the age of 100, today. pic.twitter.com/CWcHm2C6xQ
— ANI (@ANI) December 30, 2022