२८ असार २०८३, आइतबार

‘डिसेम्बर फल्स’ आजदेखि प्रदर्शनमा

‘डिसेम्बर फल्स’ आजदेखि प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर एकल प्रदर्शनमा आएको यो फिल्ममा आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् ।   

‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा प्रदर्शनमा आएको ‘डिसेम्बर फल्स’प्रति ठूलो अपेक्षा राखिएको छ । 

प्रविण झाको निर्देशन रहेको फिल्मलाई मल्टिप्लेक्स हलहरुले सुखद् शोज उपलब्ध गराएका छन् ।

लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मको ट्रेलर, गीत र टिजरले दर्शकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ । फिल्मले दर्शकलाई हलसम्म तान्नेमा निर्माण टिम आशावादी छ । फिल्मले सुरुवाती दिनमा सुखद् शोज पाएको हुनाले खासगरी ‘वर्ड अफ माउथ’ बलियो देखियो भने फाइदा हुने देखिन्छ ।

फिल्ममा आर्यन र उपासनाका साथमा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् ।

राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् । महेश आर गुप्ताको छायाँकन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

‘डिसेम्बर फल्स’मार्फत आर्यन र उपासनाले फिल्ममा पहिलोपटक सहकार्य गरेका हुन् ।

उपासनाका यसवर्ष मात्रै २ वटा फिल्म हिट भैसकेका छन् भने आर्यन केही वर्षपछि पर्दामा देखिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्