×

NIC ASIA

‘डिसेम्बर फल्स’ आजदेखि प्रदर्शनमा

पुस १५, २०७९

Prabhu Bank
NTC
Premier Steels

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नेपाली फिल्म ‘डिसेम्बर फल्स’ देशव्यापी प्रदर्शनमा आएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर एकल प्रदर्शनमा आएको यो फिल्ममा आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘महापुरुष’यता रिलिज भएका कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा प्रदर्शनमा आएको ‘डिसेम्बर फल्स’प्रति ठूलो अपेक्षा राखिएको छ । 


Advertisment
Rupse Holidays
Nabil box

प्रविण झाको निर्देशन रहेको फिल्मलाई मल्टिप्लेक्स हलहरुले सुखद् शोज उपलब्ध गराएका छन् ।

Vianet communication

लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मको ट्रेलर, गीत र टिजरले दर्शकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ । फिल्मले दर्शकलाई हलसम्म तान्नेमा निर्माण टिम आशावादी छ । फिल्मले सुरुवाती दिनमा सुखद् शोज पाएको हुनाले खासगरी ‘वर्ड अफ माउथ’ बलियो देखियो भने फाइदा हुने देखिन्छ ।

फिल्ममा आर्यन र उपासनाका साथमा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् ।

राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् । महेश आर गुप्ताको छायाँकन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

‘डिसेम्बर फल्स’मार्फत आर्यन र उपासनाले फिल्ममा पहिलोपटक सहकार्य गरेका हुन् ।

उपासनाका यसवर्ष मात्रै २ वटा फिल्म हिट भैसकेका छन् भने आर्यन केही वर्षपछि पर्दामा देखिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

जेठ ५, २०८१

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य ​पेशाले चिकित्सक हुन् ।  लामो समयदेखि यो क्षेत्रमा सक्रिय मुटुरोग विशेषज्ञ डा स्मृतिले अहि...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x